अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

सरकारले व्यापार गर्दैन : मन्त्री रिजाल

बिआरटीनेपाल २०८० जेठ २३ गते ७:३३ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा नलाग्ने स्पष्ट गर्नुभएको छ ।मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताउनुभयो । उहाँले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलार्य परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने बताउनुभयो । देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पहाडबाट बगेर जाने बालुवाहरुको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू