अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

राष्ट्रपतिद्वारा तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

बिआरटीनेपाल २०८० जेठ २२ गते ७:३१ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले पपुवा न्युगिनी, कोलम्बिया र स्वीडेनका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम राष्ट्रपति पौडेलले अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई पपुवा न्युगिनी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई कोलम्बिया र डेनमार्कका राजदूत प्रा.डा.राम स्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूतको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू