अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

देशका पहाडी भू-भागकाका केही स्थानमा हल्का वर्षाको सम्भावना

बिआरटीनेपाल २०८० जेठ २२ गते ७:२९ मा प्रकाशित

देशका  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा तथा देशका बाँकी पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार एक सातादेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि भएकाले गर्मी बढेको छ । तराईका अधिकांश भू–भागमा तापक्रम लू चलिरहेको छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद्हरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू