अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

मनाङ र फ्रेन्ड्सले बराबरी खेले

बिआरटीनेपाल २०८० जेठ २२ गते ७:२४ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।  आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र फ्रेन्ड्सले १–१ गाेलकाे बराबरी खेलेका हुन् । मनाङका लागि निराजन धामीले गाेल गरे । फ्रेन्ड्सका अमित तामाङले गाेल गरे ।

बराबरी खेल्दै मनाङ र फ्रेन्ड्सले १/१ अङ्क बाँडेका छन् । मनाङ २४ खेलमा ३२ अङ्कसहित तालिकाकाे छैटौँ स्थानमा छ । फ्रेन्ड्स २६ अङ्कसहित १३ औँ स्थानमा छ ।

प्रतिक्रिया