अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८
| Colorodo: 18:13
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नागरिकता विधेयक प्रमाणिकरणका लागि जस लिन नपाएका कारण संसदमा विरोध गरेको बताउनुभयो ।आइतबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उहाँको भनाई छ ।
त्यस्तै, अध्यक्ष केसीले भारतीयहरुले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले बहुमत पुर्याउन खोजेका बताउनुभयो । उहाँले भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको बताउनुभयो ।