अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

राष्ट्रपति पौडेलद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त

बिआरटीनेपाल २०८० जेठ २१ गते ७:५५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।राष्ट्रपति पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई चिली, अष्ट्रियाका राजदूत भरतकुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तान र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू