अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

राप्रपा केन्द्रीय कार्यसमिति बैठक जेठमा

बिआरटीनेपाल २०८० वैशाख २८ गते ७:५६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आगामी जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको हो ।

उक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ भने पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम तय भएको श्रष्ठले जानकारी दिनुभयो र

यसैगरी सचिवालय प्रमुख हेमजङ्ग गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू