अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ ग्रहण

बिआरटीनेपाल २०८० वैशाख २४ गते ६:३२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिफारिसमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू