अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

मुलुकको अर्थतन्त्र बाहिर भनिएको जस्तो कहालीलाग्दो अवस्थामा छैनः अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० वैशाख १३ गते ५:०४ मा प्रकाशित

अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बाहिर भनिएजस्तो कहालीलाग्दो अवस्थामा नरहेको दावी गर्नुभएको छ । बुधबार राष्ट्रिय सभामा पेस भएको सार्वजनिक महत्वको विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री महतले अर्थतन्त्र सुधारतर्फ उन्मुख गराउन सकिने अवस्थामा रहेको बताउनुभयो । ‘अर्थतन्त्र एकदम संकटग्रस्त भयो, समाप्तिको बाटोमा गयो भन्ने परसेप्सन निर्माण भएको छ। त्यस्तो स्थिती होइन। केही दबाब र अप्ठ्यारा अवश्य छन् । त्यसलाई फुकाउने छौं,’ अर्थमन्त्री महतले भन्नुभयो ।

मन्त्री महतले अर्थतन्त्रलाई सुधारमा ल्याउनका लागि सरकारसँग ठोस प्रतिबद्धता रहेको पनि जानकारी गराउनुभयो। अर्थतन्त्रलाई चलायमान बनाउने कुरा आज बोलेर भोलि तुरून्तै चमत्कार हुने नभई केही समय लाग्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू