अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लामिछानेलाई प्रमाणपत्र प्रदान

बिआरटीनेपाल २०८० वैशाख १२ गते ५:२१ मा प्रकाशित

चितवन क्षेत्र नम्बर–२ मा भएकाे उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्याैपानेले आज मङ्गलवार दिउँसाे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाउनुभयो ।

यसअघि यही क्षेत्रबा विजयी रवि लामिछानेको नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट कायम गराएर लामिछानेले फेरि चुनावी प्रतिस्पर्धा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू