अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०८० वैशाख २ गते २:५५ मा प्रकाशित

चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ ।अभिनेता धीरज मगरद्वारा अभिनित चलचित्रको ट्रेलर नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सार्वजनिक भएकाे उक्त ट्रेलरमा ज्याकी पात्रको डान्सर बन्ने सपनामा परिवारको ब्रिटिस आर्मी बनाउने सपना बाधक बन्दा आउने उतार-चढावलाई देखाइएको छ ।

सार्वजनिक भएकाे ३ मिनेट १५ सेकेण्ड लामो ट्रेलरमा अभिनेता धिरज र अभिनेत्री जसिता गुरुङले सफल डान्सर बन्न गरेको संघर्ष प्रस्तुत गरिएकाे छ । कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशनमा बनेको यस चलचित्रमा धिरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार र सुशान्त गौतमको पनि अभिनय रहेको छ ।

यहि वैशाख २१ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रको प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेका छन् । चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बास्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया