अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासकाे मत

बिआरटीनेपाल २०७९ चैत १७ गते ७:५४ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको  छ । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्माले दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।आज शुक्रवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ जना सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा एक मतमात्रै परेको छ । उहाँले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको मत प्राप्त गर्नुभएको छ ।

शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका नाै, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रतर्फबाट एक/एक जना सांसदले विश्वासकाे मत दिएका हुन् ।  यसअघि गएको पुस २७ गते शर्मा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । पुस १० गते एमालेसहितको गठबन्धन बन्दा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जनाको सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू