अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

बिआरटीनेपाल २०७९ चैत १६ गते ६:२५ मा प्रकाशित

साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रूपैयाँले घटेर एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार १० रूपैयाँले बढेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया