अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

१७ करोडको कोकिनसहित दुई भारतीय महिला पक्राउ

बिआरटीनेपाल २०७९ चैत १६ गते ५:५२ मा प्रकाशित

प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी पक्राउ परेकी हुन् ।प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी अवस्थामा उनीहरुलाई विशेष सूचनाकाे आधारमा पक्राउ गरेकाे हाे । उनीहरुको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको ब्यूराेले जनाएकाे छ ।

त्यस्तै १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको गरिएकाे हाे । ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार उनीहरु दुवै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू