अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

बैशाख १ गते ओशो महोत्सव हुने

बिआरटीनेपाल २०७९ चैत १५ गते ७:२४ मा प्रकाशित

नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्न बैशाख १ गते ओशो महोत्सव आयोजना हुने भएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।गत वर्ष पनि ओशो तपोवनले बैशाख १ गते १५ हजार बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी उत्सव सम्पन्न गरेको थियो । सोही कार्यक्रमको निरन्तरतास्वरुप यस वर्ष पनि नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव आयोजना गर्न लागिएको हो ।महोत्सव बिहान ९ बजेखि बेलुका ९ बजेसम्म हुने र यसमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविक प्रकारका कार्यक्रमहरु गरिने बताइएको छ । ओशो महोत्सव साधनाको महोत्सव हुने बताइएको छ ।

ओशो महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेटिडेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन हुने छ । पत्रकार सम्मेलनमा बोल्दै स्वामी आनन्द अरुणले केही नहुने देशले बौद्धिक सीपबाट विकसित हुँदै गएपनि नेपाल भने प्राकृतिक श्रोत र साधनले पूर्ण भएपनि गरिब हुँदै गएको बताउनुभयो । उहाँले मानसिको विवेकले नै सबैकुरालाई मजबुत बनाउन सकिने बताउनुभयो । स्वामी आनन्दअरुणले प्राकृतिक सम्पदा केही नभएका देशहरु नेपाल भन्दा विकसित हुँदै गएपनि नेपाल भने प्रत्येक दिन गरिब हुँदै जानु आश्चर्यजनक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू