अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

शान्ति प्रक्रियाका बाँकि कामलाई छिटो टुंगो लगाउनुपर्नेमा विज्ञको जोड

बिआरटीनेपाल २०७९ चैत १४ गते ७:५० मा प्रकाशित

विज्ञहरुले शान्ति प्रक्रियाका बाँकि कामहरुलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।मंगलबार नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसदहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सशष्त्र द्वन्द्व पीडितले न्याय तथा परिपूरण पाउने रसमाजमा मेलमिलाप हुनेगरी शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पु¥याउन सरकार र संसदलाई सुझाव दिएका हुन ।

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकका बारेमा गरिएको अन्तरक्रियामा विज्ञहरुले यसलाई चाँडो भन्दाचाँडो निष्कर्षमा पु¥याउन सुझाव दिनुभएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सरकारले संक्रमणकालीन न्यायसम्बन्धि “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” प्रतिनिधिसभा पेश गरेको छ । सोही विधेयकको बारेमा विज्ञहरुले सांसदहरुलाई ब्रिफिङ गर्नुभएको र सांसदहरुले पनि सो सम्बन्धि जिज्ञासा राख्नु भएको पनि प्रमुख सचेतक लेखकले बताउनुभयो ।

अन्तरक्रियामा ५ जना विज्ञहरुले सो संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको आवश्यक्ता र औचित्यका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू