अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पेस गर्न कार्यदललाई नेकपा एसको निर्देशन

बिआरटीनेपाल २०७९ चैत १४ गते ७:३७ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको छ । मंगलवार काठमाण्डौको आलोकनगरमा रहेको केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।

कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रीय सचिवालयमा पेस गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । त्यो प्रस्तावमाथि छलफल गरेरमात्रै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे टुङ्गोमा पुग्ने सकिने उहाँको भनाइ थियो ।

त्यसैगरी बैठकले मिटरब्याज पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटरब्याज लगाउनेहरूलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको प्रवक्ता खतिवडाले बताउनुभयो । बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जङ्गलीले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू