अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना जेल चलान

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:२७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेकोमा उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । प्रशासन कार्यालयले उनीहरूसँग हिजो आइतवार धरौटी मागेको थियो ।

जेल चलान हुनेहरूमा सोलुखुम्बुका उद्धव बस्नेत, बाग्लुङका सोम शर्मा र बझाङका विप्लव खड्का रहेका छन् । गएको चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी बन्न नयाँ बानेश्वरमा गएका बेला उनीहरूले नाराबाजी गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्ने क्रममा मुख थुनेको भन्दै विरोधसमेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू