अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

कराते महासंघको अध्यक्षमा युवराज लामा

बिआरटीनेपाल २०७९ चैत १२ गते ९:०९ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामा नेपाल कराते महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।चितवनमा भएको महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा रहनुभएको छ । दावा गुरुङले महासचिवको जिम्मेवारी पाउँदा ध्वजमान मोक्तान र बलराम मित्रले सचिव तथा किशोरप्रसाद भट्टराईले कोषाध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै, रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन हुनुभएको छ । खेलकुद परिषद्ले गत माघ १२ गते ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासंघको तदर्थ समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू