अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको छु : मन्त्री किराँती

बिआरटीनेपाल २०७९ चैत ११ गते ७:३० मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराउनु भएकाे छ । आज मिस लम्बू २०७९ को उद्घाट गर्दै पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिनु भएकाे हाे। उहाँले शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकमा आफूले सरकारलाई कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताउनु भयो । मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका बारेमा आफू गम्भीर रहेको बताएको दाबी गर्नु भयाे ।

उहाँले भन्नुभयो, ‘भर्खरैमात्रै पहिचानको आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने पदम लिम्बूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । हिजोमात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु मन्त्रिपरिषद्को बैठकमा । हाम्रो पूर्वको अहिलेको आन्दोलनको सन्दर्भमा । जसले वीरगति प्राप्त गर्नुभयो, उहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर राखेपछि प्रधानमन्त्रीले नै केही न केही म बोल्नेछु भन्नुभएको छ ।’

मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने बताउनु भयाे । उहाँले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताउनु भयो । उहाँले प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको बताउनु भयो । यसले आर्थिक समृद्धि बनाउनुका साथै देश धनी बनाउने बताउनु भयो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू