अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

पर्सिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माओवादी केन्द्र

बिआरटीनेपाल २०७९ चैत ११ गते ७:३१ मा प्रकाशित

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पर्सि सोमवारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिवार आज दिउँसाे बसेको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेको हो ।पर्सिसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनु भयो । बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गरिने उहाँले बताउनु भयाे । त्यसैगरी सङ्घीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिनु भएको सचिव पौडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समिक्षात्मक छलफल भयो ।  पर्सिसम्ममा छिटोभन्दा छिटो क्याबिनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने भन्नेबारेमा छलफल भयो । यस्तै, सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने बारेमा पनि कुरा भयो।’ बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू