अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ चैत ८ गते ७:४१ मा प्रकाशित

दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ९ बजे भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुुभयो । उहाँका अनुसार नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो। ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको छ।

दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल छन्। ‘ट्रक रोकेपछि उनी ओट हाल्न निस्किएका रहेछन्, ओट हाल्न नपाउँदै ट्रक खसेछ,’ डिएसपी लम्सालले भन्नुुभयो । सडकमै ट्रक खसेकाले ठूला सवारी साधनका लागि बाटो अवरूद्ध भएको छ। साना सवारी साधन मात्र पास गराईएको लम्सालले जानकारी दिनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू