अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

बिआरटीनेपाल २०७९ चैत ८ गते ७:२५ मा प्रकाशित

शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७६ अंकले घटेर एक हजार ९ सय ३३ दशमलव ३० विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको शेयर साढे ७ प्रतिशत तथा धौलागिरि लघुवित्त र मानुषी लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू