अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४
| Colorodo: 13:19
राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय शिक्षाका लागि साझा प्रयास आवश्यक रहेको बताउनुुभएको छ । नेपाल शिक्षक संघका पदाधिकारीसँगको भेटमा आज राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न साझा प्रयत्न आवश्यक रहेको बताए। त्यसका लागि संघले विशेष भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।
पौडेलले शिक्षा नै विकासको मुल आधार भएकोले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्ने बताउनुुभयो । संघका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधार बेगर मुलुकमा हित नहुने पनि बताउनुुभयो ।