अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

ओलीजीले अझै एक पटक प्रधानमन्त्रीको ऋण तिर्न बाँकी छ- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:२१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बायापट्टी लबीमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरूलाई छोडेको बताउनुभयो । उहाँले ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरूमा छोडेको पनि बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाब राख्न ओलीलाई आग्रह गर्नुभयो । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको स्पष्ट पार्नुभयो । उहाँले एजेन्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू