अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

संविधानका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था छ- अर्जुन नरसिंह केसी

बिआरटीनेपाल २०७९ चैत ४ गते ८:११ मा प्रकाशित

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानमा रहेका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै जानुपर्ने तर्क गर्नुभयो । अहिलेको विकृति र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका कतिपय व्यवस्था फेर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

भर्खरै भएको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रसंग उठाउदै केसीले समानुपातिक प्रतिनिधित्वको सवालमा गम्भिरतापूर्वक सोच्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू