अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी

बिआरटीनेपाल २०७९ माघ २२ गते ६:४१ मा प्रकाशित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिनुभएको छ । उहाँले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको हो ।अर्यालको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ तथा समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहनुभएको छ । संसद् सचिवालयले उम्मेदवारी दर्ताको समय आज आइतवार दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । भोलि सोमवार बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्षका लागि चुनाव हुनेछ ।

पूर्वमन्त्रीसमेत रहनुभएकी अर्यालले राष्ट्रिय सभाको उपाध्यक्षको रूपमा आफूले तटस्थ भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आफूले कार्यसम्पादन गर्दा दलीय गन्ध आउन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।राष्ट्रिय सभालाई अझै गरिमामय बनाउने र सांसदको क्षमता अभिवृद्धिका लागि आफ्नो प्रयास रहने उहाँको भनाइ छ । माओवादीकी अर्याललाई सत्तारूढ सबै तलको समर्थन रहेको र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण उहाँ राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू