अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत- एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ माघ २२ गते ६:४० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत भएको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले संसद्जस्तो सार्वजनिक पदमा भने राष्ट्रिय सहमति नगर्नुले कांग्रेसले ढोक्सा थापेर अहिलेको गठबन्धनलाई तोड्ने काममा लागिपरेको बताउनुभयो ।

कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत राष्ट्रपतिको चुनावमा समस्या खडा गर्नु रहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न नसकिने ठहर गर्नुुभयो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको चुनावमा किचलो खडा गर्ने कांग्रेसको रणनीति देखिएको अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले नेपाली कांग्रेस पुनः सरकारमा आउनका लागि बल गरिरहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू