अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:१४ मा प्रकाशित

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आईओसीले निगमलाई इन्धनको भाउ बढाएर पठाएको छ ।

जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू