अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

सार्कलाई सक्रिय बनाउन साइडलाइन वार्ता हुन्छ- परराष्ट्रमन्त्री पौड्याल

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:१० मा प्रकाशित

परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकामा सार्क समकक्षीहरुसँग हुने साइडलाइन बैठकमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल गर्ने बताउनुुभएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौड्यालले श्रीलंकामा सार्कको विषयमा छलफलका लागि भेला नभए पनि समकक्षीहरुसँग हुने भेटमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल हुने बताउनुुभयो ।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल बुधबार कोलम्बो जाँदै हुुनुुहुुन्छ । सो समारोहमा सहभागी हुन आउने सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरुसँग साइडलाइन बैठक गर्ने तयारी रहेको उहाँले बताउनुुभयो । सार्क अध्यक्ष राष्ट्रको रुपमा नेपालले यसअघि पनि सार्कलाई सक्रिय बनाउने विषयमा पहल गर्दै आएको छ ।यद्यपि भारत र पाकिस्तानको विवादका कारण यो विषय निष्कर्षमा पुग्न सकिरहेको छैन ।

भारत र पाकिस्तानको विवादकै कारण इस्लामावादमा २०१६ मा हुनुपर्ने सार्क शिखर सम्मेलन रोकिँदै आएको छ । भारतले पाकिस्तानले सीमापार आतंकवादलाई बढावा दिने काम गरेको भन्दै आतंकवाद र छलफल सँगसँगै जान नसक्ने बताउँदै आएको छ । पछिल्लो सार्क शिखर सम्मेलन सन् २०१४ मा नेपालमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू