अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

जर्मनीले तेस्रो पटक जित्यो हक्की विश्वकपको उपाधि

बिआरटीनेपाल २०७९ माघ १६ गते ६:२३ मा प्रकाशित

जर्मनीले हक्की विश्वकपको उपाधि जितेको छ । भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा आइतबार राति भएको फाइनल खेलमा युरोपियन प्रतिद्धन्दी बेल्जियमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जर्मनीले उपाधि जितेको हो । खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा जर्मनीले साविक विजेता बेल्जीयमलाई ५–४ ले पाखा लगाएकाे हाे ।

जितसँगै जर्मनी तेस्रो पटक हक्की विश्वकपको च्याम्पियन बनेकाे छ । यसअघि जर्मनीले २००२ मा पहिलो पटक हक्की विश्वकपको उपाधि जितेको थियो । २००६ मा भने लगातार दोस्रो पटक उपाधि जितेको थियो । तेस्रो उपाधिको लागि भने जर्मनीले १७ वर्ष कुर्नु परेकाे हाे । यसपटक अस्ट्रेलियालाई ३–१ ले पराजित गर्दै नेदरल्यान्ड्स तेस्रो भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू