अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२
| Colorodo: 06:47
सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनका समर्थकहरूले प्रदर्शन गरेका छन्। शनिबार दिउँसो लामिछानेका समर्थकले माइतीघर मण्डल हुँदै नयाँ बानेश्वर सम्म नाराबाजीसहित प्रदर्शन गरेका हुन् । बानेश्वरमा पुगेर समर्थकहरूले कोण सभा गरेका छन्।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको सांसद पद खारेज गरेको थियो। नागरिकता सम्बन्धी विवादमा मुद्दा परेपछि अदालतले उहाँलाई अयोग्य ठहराउँदै आदेश सुनाएको हो। आदेशसँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुनबाट पनि अयोग्य हुनुुभएको छ ।