अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०७९ माघ १३ गते ५:५२ मा प्रकाशित

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । अख्तियारले शाहीसहितका व्यक्तिले औषधि खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको आरोप लागेको हो ।

तत्कालीन प्रमुख शाहीसहित स्टोर प्रमुख गोविन्द खनाल र अहेव सिताराम चौधरीले मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद विल पेश गरेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान गर्दा मेडिकल सामग्रीहरु खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू