अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

राष्ट्रपतिको निर्वाचन फागुन २६ मा गर्ने निर्वाचन आयोगको तयारी

बिआरटीनेपाल २०७९ माघ १२ गते ६:४३ मा प्रकाशित

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको बताईएको छ । आयोगमा भएको अनौपचारिक छलफलमा २६ गते शुक्रबार मतदानका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।

“आयोगको अन्तिम निर्णय हुन बाँकी छ,” निर्वाचन आयोग स्रोतले भनेको छ , “२६ गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।”राष्ट्रपति निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन लागेको हुँदा त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानमा पाँच वर्षको कार्यकाल हुने उल्लेख गरिएको भए पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनले एक महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने भनेको छ । एक महिना अघि नै निर्वाचन गर्दा दुईजना राष्ट्रपतिको व्यवस्थापनमा समस्या हुने भएकाले फागुनको अन्तिममा निर्वाचन गर्न लागिएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू