अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

नेपथ्यकाे अष्ट्रेलिया टुर डार्बिनबाट सुरु

बिआरटीनेपाल २०७९ माघ १२ गते ६:४० मा प्रकाशित

यो वर्ष अष्ट्रेलिया यात्रा नेपथ्यले डार्बिनबाट सुरु गरेको छ । कन्सर्टको सुरुआत नेपथ्यको ताजा सिर्जना ‘भटभटे’बाट गरेको थियो । गीत चलिरहँदा काठमाडौंको अस्तब्यस्त सडकमा छायांकन गरिएको त्यसको म्यूजिक भिडियो पछाडि पर्दामा देखाइएको थियो । त्यसले हाल डार्बिनमा बस्दैआएका थुप्रै काठमाडौंका पुराना वासिन्दालाई घरको सम्झनाले घच्घच्याएको थियो ।

त्यसपछि ब्याण्डले ‘छेक्यो छेक्यो’ सुनाइएको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’ गीतसँगै हल भित्र हिउँको वर्षा हुन थालेपछि तातो डार्बिनका वासिन्दाहरु रमाउँदै नाच्न सुरु गरेका थिए । “तपाइँहरुलाई यहाँ देख्दा मलाइ गाउँमै पुगेको भान पर्दैछ,” ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, “अब म तपाईंहरुलाई हाम्रो उतै गाउँको रोदीघरतिर लैजान्छु ।” त्यसपछि ‘लामपाते सुरती’ गाइरहँदा दर्शकहरु गाउँकै सम्झनाले भावुक बनेर रमाएका देखिन्थे ।

‘जोमसोमे बजार’, ‘शिरफूल शिरैमा’, ‘यो जिन्दगानी’, ‘जोगले हुन्छ भेट’, ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीत प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्त्य भने राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाएर गरिएको नेपथ्यले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया