अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

आत्मदाह गरेका आचार्यले फेसबुक स्टाटसमा नाम खुलाएकाहरुविरुद्ध प्रहरीमा उजुरी

बिआरटीनेपाल २०७९ माघ १२ गते ५:४८ मा प्रकाशित

आत्मदाह गर्नुअघि प्रेमप्रसाद आचार्यले लेखेको फेसबुक स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध प्रहरीमा उजुरी परेकाे छ । अधिवक्ता स्वागत नेपालले जिल्ला प्रहरी परिसर काठमाडौंमा फेसबुक स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध उजुरी दिनु भएकाे हाे ।

मृतक आर्चायले विभिन्न व्यवसायीका कारण आफू आत्मदाह गर्न बाध्य भएको भन्दै लामो स्टाट्स लेखेका थिए । आचार्यले मंगलबार काठमाडाैंकाे नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आफैँमाथि आगाे लगाएका थिए । उनकाे उपचारका क्रममा बुधबार कीर्तिपुर अस्पतालमा मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू