अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउने काम सरकारले गर्छ : शिक्षामन्त्री खनाल

बिआरटीनेपाल २०७९ माघ १० गते ५:२९ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभएको हो ।

उहाँले आफू सो ऐन ल्याउने कुरा प्रति अत्यन्तै सचेत रहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि दुवै कुरालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै छिटोभन्दा छिटो ति ऐनहरुलाई सांसदहरुको हातसम्म पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाल विश्वविद्यालयको आवश्यकता अध्ययनका लागि विदेशिनुपर्ने बाध्यतालाई रोक्नका लागि भएको बताउनुभयो । विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षाको अवसर हुँदा नेपालको आर्थिक विकास हुने र अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू