अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

भारतसँग पराजित भएपछि न्युजिल्याण्डले एकदिवसीयको शीर्ष वरीयता गुमायो

बिआरटीनेपाल २०७९ माघ ८ गते ६:०५ मा प्रकाशित

भारतसँगको एकदिवसीय शृङ्खलामा पराजित भएपछि न्युजिल्याण्डले आईसीसीको शीर्ष वरीयता गुमाएको छ ।अस्ति भएको दोस्रो एकदिवसीयमा भारतसँग ८ विकेटले पराजित भएको न्युजिल्याण्डले एक खेल बाँकी छँदै शृङ्खला गुमाएपछि एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेको हो ।

न्युजिल्याण्ड एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेपछि इंल्याण्ड शीर्ष स्थानमा पुगेको छ । इंल्याण्ड तीन हजार ४ सय अंकसहित शीर्ष स्थानमा छ भने तीन हजार एक सय ६६ अंक रहेको न्युजिल्याण्ड दोस्रो स्थानमा छ । अहिले तेस्राे स्थानमा रहेको भारत न्युजिल्याण्डसँगको तेस्रो खेलमा पनि विजयी भएमा  शीर्ष स्थानमा पुग्नेछ । तेस्रो खेल पर्सि मङ्गलवार हुँदैछ ।

प्रतिक्रिया