अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

पोखरा विमान दुर्घटनाः थप एक जनाको शव भेटियो

बिआरटीनेपाल २०७९ माघ २ गते ५:०७ मा प्रकाशित

पोखराको सेती नदी खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा थप एक जनाको शव निकालिएको छ। तीन जना अवस्था अझै अज्ञात रहेको छ।‘खोंचबाट शव निकालेको खबर आएको छ। अस्पताल ल्याइपुर्‍याइएको छैन’, पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले भन्नुभयो ।

अस्पतालमा ६८ जनाको शव लगिएको छ। पोष्टमार्टम सुरु भइसकेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले आइतबारदेखि शव खोजिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू