अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७९ पुष ३० गते १२:२३ मा प्रकाशित

नायिका तथा मोडल सभ्यता गिरी अभिनीत ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा सभ्यतासँगै कमल सिंहको अभिनय देख्न पाइनेछ।

प्रबिशा अधिकारी र राजा खतिवडाको स्वर रहेको उक्त गीतमा सीता सुवेदीको शब्द र सरोज पोखरेलको सङ्गीत तथा उदयराज पौडेलको ‘सङ्गीत संयोजन’ रहेको छ। दिनेश पराजुलीले छायाङ्कन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका छन् ।

जीवन शाहीको निर्देशन तथा हेमन्त गुरुङको कोरियोग्राफीमा तयार पारिएको उक्त म्युजिक भिडियो ‘सरोज पोखरेल अफिसियल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया