अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

हर्षाेल्लाससाथ मनाइयो उधौली पर्व

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ७:११ मा प्रकाशित

उधौली पर्व देशभर विभिन्न कार्यक्रमसहित हर्षोल्लाससाथ मनाइएको छ। काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो। हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ। ललितपुरस्थित सानो हात्तीवनको मङहिम मन्दिरमा किराँत समुदायले बिहीबार विभिन्न कार्यक्रम गरेर उधौली पर्व मनाएका छन्।सो अवसरमा मौलिक नृत्य, कपडा लगाएर विशेष प्रस्तुति देखाइएको थियो।

प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व पनि हो। यस अवसरमा ललितपुरको हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ। अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेकाले उधौली पर्वलाई विशेष पर्वका साथ किराँत समुदायमा मनाउने परम्परा छ।किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।

वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो। बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताको पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन छ। सरकारले उधौली पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदासमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू