अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

ज्यापु समुदायको परम्परा, रहनसहनको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ७:०३ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताउनुभएको छ ।

आज बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताउनुभएको हो । उहाँले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधि, कला र कौशल राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले काठमाण्डाै उपत्यकाका ज्यापु समुदायले न्यूनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू