अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

मंसिर २८ गतेभित्र राष्ट्रपतिलाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने आयोगको तयारी

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ५:३३ मा प्रकाशित

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । यही मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना चाँडै सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

बाजुरा, दोलखा र स्याङजाको समानुपातिक मत गणना जारी रहेकाले तीन जिल्लाको मत गणना मंगलबार बिहानसम्ममा पठाउन निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । उक्त परिणाम आउनेवित्तिकै आयोगले राजनीतिक दलहरुलाई समानुपातिकमा निर्वाचित हुने नामहरू पठाउन पत्र पठाउने उहाँको भनाइ छ । आयोगले दलहरुलाई समानुपातिकतर्फ निर्वाचित हुने नाम तीन दिनभित्र पठाउन म्याद दिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू