अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

अमेरिकामा नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण हुने

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ४:५६ मा प्रकाशित

नेफ्टा फिल्म अवार्डको ११औं संस्करण संयुक्त राज्य अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले  प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते अर्थात २७ मे, २०२३ मा अमेरिकामा अवार्ड हुन लागेको जनाएकाे छ ।यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक अमेरिकामा अवार्ड कार्यक्रम गर्न लागेको हो । अमेरिकी संस्करणका लागि प्राविधिक संघले फेम नेपाल, आर्यन फिल्म्स र युएस खबरलगायतका संस्थाहरूसँग सहकार्य गर्दैछ ।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रुपमा स्थापना गर्ने, विदेशीमा नेपाली फिल्मको बजार खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारी सामान्य भएपछि गत वर्ष नेफ्टा अवार्डको १०औं संस्करण काठमाडौंको सोल्टी होटलमा भएको थियो । नेफ्टा निजी क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ।

यसपटकको संस्करणमा यस वर्ष २०७९ साल भित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा जनाइएको छ । जसमा ४२ विधामा वितरण हुने अवार्डका लागि जुरीले बैशाखमा फिल्म हेर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू