अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

दोलखामा पुनः मतदानमा पनि झडप, कांग्रेस-एमालेले लखटे एक अर्काका उम्मेदवार

बिआरटीनेपाल २०७९ मंसिर १५ गते ५:०४ मा प्रकाशित

दोलखाका १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान हुँदासमेत झडप भएको छ। यसअघि मंसिर ४ गते भएको चुनावमा धाँधली गरेको भन्दै निर्वाचन आयोगले बिहीबार (आज) पुनःमतदान गरेको थियो। पुनः मतदानको क्रममा पनि कांग्रेस र एमालेका कार्यकर्ताले एक अर्काका उम्मेदवारलाई अवरोध गरेका छन्।

स्थानीयका अनुसार वैतेश्वर २ मा गठबन्धनका प्रदेशसभाका उम्मेदवार कुन्दनराज काफ्लेलाई एमालेका कार्यकर्ताले अवरोध गरेका हुन्। एमाले कार्यकर्ताले काफ्ले चढेको बा २ च १८२९ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ।

त्यस्तै तामाकोशी गाउँपालिकको जफेमा कांग्रेसका कार्यकर्ताले एमालेका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण सिवाकोटीमाथि ढुंगामुढा गरेका छन्। असहज अवस्थाकाबीच मतदान भइरहेको स्थानीय बताएका छन्। चुनावमा सधैँ धाँधली हुने भनेर दोलखाका केही मतदानस्थल बदनाम छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू