अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

अघिल्लो सरकारले सिर्जना गरेको निराशाको बोझ हामीले बोक्नुपर्‍यो – कांग्रेस प्रवक्ता महत

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ६:११ मा प्रकाशित

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अघिल्लो सरकारले सिर्जना गरेको निराशाको बोझ अहिले नेपाली कांग्रेसले समेत बोक्नुपरेको आरोप लगाउनुभएको छ । उहाँले शक्तिशाली सरकारको प्रधानमन्त्री भएर पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले जनतामा डेलिभेरी गर्न नसक्दा स्थापित दलप्रति निराशा र आक्रोस बढेको र त्यही निराशा अहिलेको निर्वाचनमा व्यक्त भएको बताउनुभयो ।

प्रवक्ता महतले सत्ता गठबन्धनको पक्षमा बहुमत भने आउने दाबी गर्नुभयो । हाम्रो अपेक्षाकृत परिणाम आएन । तर पनि गठबन्धनको बहुमत आउँछ । अब गठबन्धनकै सरकार बन्छ, प्रवक्ता महतले भन्नुभयो, विगतमा स्थापित दलहरुप्रति जनताको जुन विश्वास थियो, त्यो अघिल्लो पटकको चुनावमा बहुमत पाएर पनि नेकपाको सरकारले डेलिभेरी गर्न नसक्दा अहिले झन् बढेर गएको हो । चार वर्षसम्म नेकपा सरकारले सिर्जना गरेको निराशाको बोझ अहिले हामी पनि बोक्नुपरेको छ ।

महतले अहिले चुनावबाट स्थापित दलप्रतिको जनताको निराशाका कारण केही नयाँ दलहरु स्थापित भएको स्विकार्नुभयो । उहाँले अब कांग्रेस नेतृत्वमा बन्ने गठबन्धन सरकारले जनताको चाहनालाई केन्द्रमा राखेर गम्भीरताका साथ अघि बढ्ने बताउनुभयो । हामीले एक्लै होइन, गठबन्धन सरकार आगामी पाँच वर्षसम्म चलाउँछौँ, मुलुकको आर्थिक समृद्धि विकास नेपाली कांग्रेसको नतृत्वमा मात्रै सम्भव छ भनेर नै भोट मागेका छौँ, महतले भन्नुभयो, त्यसैले अहिले तत्कालै अरु गठबन्धनको सम्भावना छैन । यही गठबन्धनको सरकार बन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू