अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

काभ्रेपलाञ्चोक २ मा एमालेका गोकुल बास्कोटा विजयी

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:४४ मा प्रकाशित

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा विजयी हुनुभएको छ । मतगणनाको सुरुवातदेखि नै नेपाली कांग्रेसका शिव हुमागाईंसँग पछि पर्दै आउनुभएका बाँस्कोटा अन्ततः प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ ।

बास्कोटाले ४५ हजार ३४५ मत ल्याउनुभएको छ।  पाँच दलीय गठबन्धनका लागि कांग्रेसका उम्मेदवार हुमागाइँले ३९ हजार ४८२ मत पाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले  १० हजार ५७३ मत प्राप्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू