अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम ५० करोड रुपैयाँ पनि पुगेन

बिआरटीनेपाल २०७९ असोज १२ गते ७:३४ मा प्रकाशित

शेयर बजार आज बुधवार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ ।

आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता शेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको प्रमोटर शेयर चार करोड ७५ लाख रुपैयाँमा किनबेच भयो ।

आज मन्दाकिनी हाइड्रोको शेयर नौ प्रतिशत तथा अभियान लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया