अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

आज राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता सभा हुँदै

बिआरटीनेपाल २०७९ असोज ११ गते २१:०६ मा प्रकाशित

राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज पार्टी एकता घोषणा सभा हुने भएको छ।विवेकशील साझा पार्टी छाडेका मिश्र र उनीनिकट विवेकशील साझामा रहेका केही नेताहरू बुधबार राप्रपामा प्रवेश गर्न लागेका छन्। आज मध्यान्ह १२:३० बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राप्रपा-मिश्र पक्षबीच एकता घोषणा सभा हुनेछ।

राप्रपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार मिश्रसहित विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठक र नेता कर्ण शाहीलगायत पनि राप्रपामा आउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू