अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

मंसिर ९ देखि अन्तर्राष्ट्रिय नाटक महोत्सव, १६ देशका २३ वटा नाटक मञ्चन हुने

बिआरटीनेपाल २०७९ असोज १० गते ६:२९ मा प्रकाशित

आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । महोत्सवमा १६ देशका २३ वटा नाटक मञ्चन हुने छन् ।महोत्सवमा नाटक मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा मञ्चन हुने छ ।

महोत्सवमा २ सय कलाकार र त्यसमध्ये १ सय ३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौं बाहिरका कलाकार रहेछन् । पत्रकार सम्मेलनमा कलाकार दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव शुरु गरेको बताउनुभयो । उहाँले महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुले साझा महोत्सवका रुपमा लिनुपर्ने बताउनुभयो ।

यस वर्ष ‘सामाजिक रुपान्तरणको लागि रंगमञ्च, विविधताको उत्सव’ भन्ने नारासहित नाटक महोत्सव मनाइने आयोजकले बताएका छन् ।

प्रतिक्रिया